Tuesday, 19 June 2018 04:19 pm, Nepal

ओली र प्रचण्ड आज पनि छलफलमा जुट्दै

मेचीकाली : 2018-02-13 11:08:29


काठमाडौं, १ फागुन  :

पार्टी एकता प्रकृयाको प्रारुप तयार पार्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ । पार्टी एकता प्रकृयाको प्रारुप तयार पार्न   एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुन लागेको हो ।

हिजो ओली र प्रचण्डबीच पार्टी एकताको प्रारुप दुई दिनभित्र तयाार पार्ने, एकीकृत पार्टीमा दुवै नेता सहअध्यक्ष हुने, बैठकको अध्यक्षता पालैपालो गर्ने र सरकारको अध्यक्षता पनि एमाले अध्यक्ष ओली र प्रचण्डले पालैपालो गर्ने सहमति बनेको थियो ।
महाधिवेशनपछि मात्रै नयाँ सैद्धान्तिक मान्यता बनाउने, दोस्रो तहका नेताहरुको व्यवस्थापनको खाका तत्काल तयार पार्दै सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको थियो । दुवै पार्टीका अध्यक्षले आज थप छलफल गरेपछि भोलि पार्टी एकता संयोजन समितिको बैठकमा निर्णाथ प्रस्तुत गरिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु