Tuesday, 19 June 2018 04:13 pm, Nepal

जिरी प्राविधिक शिक्षालय पुनःनिर्माण हुँदै

मेचीकाली : 2018-02-13 08:26:26


चरिकोट, २९ माघ :

विसं. २०४० मा स्वीस सरकारले स्थापना गरेको जिरी प्राविधिक शिक्षालयको भौतिक संरचना पुनः स्वीस सरकारले नै पुनःनिर्माणको कार्य थालेको छ । भूकम्पपछि ५० वटाभन्दा बढी भवन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयको आठ वटा भवन निर्माण कार्य थालेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भूकम्पले शिक्षालयको भौतिक संरचना ध्वस्त बनाएसँगै टहरामा पठनपाठन हुँदै आएको शिक्षालय अब छिट्टै स्वीस सरकारले निर्माण गरिदिएको पक्की भवनमा सर्ने भएको छ ।

जिरी प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख विष्णुहरि अधिकारीका अनुसार पचास वटाभन्दा बढी भवनहरू भत्किए पनि पहिलो चरणमा आठवटा भवन निर्माण भइरहेका छन् ।

आठवटा भवनले मात्रै शिक्षालय सञ्चालन गर्न नसकिने बताउँदै थप शिक्षालयको भवन निर्माणका लागि पनि स्वीस सरकारसँग नै शिक्षालय र सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

भवनहरू बनेसँगै शिक्षालयका विद्यार्थीहरूका लागि विभिन्न विषयका प्रयोगात्मक शैक्षिक प्रणालीमा समेत सहज हुने प्रमुख अधिकारी बताउनुहुन्छ । शिक्षालयमा प्रत्येक वर्ष २०० विद्यार्थी भर्ना हुने तथा दुईसय नै बाहिरिने गरेका छन् । हाल यहाँ ४३२ विद्यार्थी अध्ययन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ ।

स्वीस सरकारले जिरी प्राविधिक शिक्षालयले भवन पुनःनिर्माणका लागि गुरुयोजना समेत बनाएको थियो । गुरुयोजनामा रु एक अर्ब लागत राखिएको छ । भूकम्पले भवन पुर्णरुपमा ध्वस्त भएपछि करिब पाँच महिना बन्द जस्तै भएको शिक्षालयमा पठनपाठन समेत रोकिएको थियो ।

सिटिइभिटीको आंङ्गिकका शिक्षालयलाई सिटीइभिटीले भौतिक संरचना बनाउन नसक्ने भन्दै बन्द गर्ने योजना बनाएको थाहा पाएपछि स्थानीयहरूले अस्थाई भवन निर्माण गरिदिएर शिक्षालय प्रशासनलाई पठनपाठन सुचारु गर्न दबाब दिएका थिए ।

स्वीस सरकारले पहिलो चरणका आठवटा भवनमा १२ वटा कोठा निर्माणका लागि सम्झौता गरेपनि अरु भवन निर्माण गर्न सम्झौता नभएको बताएको छ ।

यहाँ प्राविधिक एसइसी पास भएपछि १८ महिने कक्षामा एग्रिकल्चर (जेटिए), स्वास्थ्य (अनमी), निर्माणमा सब ओभरसियर, डिप्लोमा तहमा आइएस्सी एग्रिकल्चर तीनवर्षे कक्षामा आइएस्सी एग्रिकल्चर, आइएस्सी एनिमल साइन्स, विशेष छात्रवृत्ति कार्यक्रम एनिमल साइन्ससमेत गरी डिप्लोमासहित छवटा छुट्टाछुट्टै कक्षाका कार्यक्रम सञ्चालन भइरहेको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु