Wednesday, 20 June 2018 01:45 am, Nepal

रियल जुसभित्र कीरा !

मेचीकाली : 2010-08-03 11:07:57


Realकपिलवस्तु, १८ साउन

देशका विभिन्न स्थानमा रियल जुसभित्र कीरा र लेउ फेला पारिरहेको समाचार आइरहँदा कपिलवस्तुमा पनि जुसमा कीरा भेटिएको छ । जिल्लाको चन्द्रौटास्थित बद्रीनाथ गेस्टहाउसमा रहेको पसलबाट खरिद गरिएको रियल जुस ग्राहकले पिउने क्रममा कीरा भेटिएको थियो । एउटा बट्टामा कीरा देखिएपछि सोसँगै रहेका अरु २० वटा बट्टामा पनि कीरा देखिएको थियो । उक्त बट्टामा जुन २०१० मा प्याकिङ गरिएको लेखेको छ तर दुई महिना नपुग्दै पेयपदार्थ रियलमा कीरा भेटिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

डाबर कम्पनीले उत्पादन गर्दैआएको पेयपदार्थ रियलमा कीरा देखिएपछि स्थानीयवासीले चन्द्रौटा बजार क्षेत्रमै रियल जुस निषेध गरेका छन् । गुलियो पदार्थमा कीरा पर्नु स्वभाविक भए पनि कम्पनीले राम्ररी प्याकिङ नगर्दा र गुणस्तर नापजाँच गर्ने विभागको समेत निगरानी नहुँदा यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको छ ।

यसले गर्दा उपभोक्ता वर्गलाई उपभोग गर्न त्रसित बनाएको छ । बद्रीनाथ गेस्टहाउसका साचालक टीका कँुवरले आफूले रियलको डिलरलाई जानकारी गराइसकेकॊ बताएका छन् । रियल जुसमा लेउ र कीरासम्बन्धी विगत दुई महिनादेखि थुप्रै समाचारमाध्यमले समाचार प्रसारण गर्दै आए पनि सोको जाँच तथा कारबाहीप्रति सरकार तथा सम्बन्धित निकाय मौन बसेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु