Wednesday, 25 April 2018 12:08 am, Nepal

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

मेचीकाली : 2018-02-03 15:42:10


डडेल्धुरा, २० माघ :

डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो ।

 यसरी नियमित चेक नहँुदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्य चौकीका अहेब मदनराज भाटले बताउनुभयो ।

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हँुदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरी नियमित चेकजाँच गराउनका लागि सो व्यवस्था गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो ।

गर्भ रहेको थाहा भए देखि नै नियमित नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा आमा चेक गराउन भन्ने उद्देश्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी गराउनुभयो । गर्भवतीलाई पूर्णरुपले सेवा भोग नगरेको अवस्थामा चार पटकसम्म नियमित चेकजाँच गरेको र प्रसूति सेवा लिई स्वास्थ्य चौकीमा नै गराएको आमालाई रु २०० का दरले पाँच दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु