Wednesday, 26 September 2018 03:19 pm, Nepal

धनुषामा सुमो दुर्घटना, ६ जनाको मृत्यु

मेचीकाली : 2018-01-27 08:48:27


अन्य चार जना घाइते
जनकपुर, १३ माघ :

धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान काठमाण्डौबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्वरको सुमो धनुषाको गणेशमान चारनाथमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि पाँचथरका ३३ वर्षिय प्रनिता राइ, संखुवासभाका २९ वर्षिय नयाराज जीमि, विराटनरका ३७ वर्षिय शारदा रेग्मी दहालको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोरङका ४० वर्षिय खेमकुमार राणामगर, ३३ वर्षिय प्रलाद न्यौपाने र खोटाङका ३० वर्षिय ज्ञान बहादुर चौहानको मृत्यु भएको हो । दुर्घटनामा परि चार जना घाईते भएको र घाईते मध्ये संखुवाशभाका २२ वर्षिय छत्रबहादुर जीमिको अवस्था चिन्ताजनक रहेको धनुषा ढल्लेवरका प्रहरी सहायक निरिक्ष प्रकाश बुढाथोकिले जानकारी दीनुभयो । विपरित दिसावाट आएको गाडीलाई जोगाउन खोज्दा सडक नजीकैको पोखरीमा खसी दुर्घटना भएको उहाँले बताउनुभयो ।

यसैबिच पाँचथरान गएराती भएको जीप दुर्घटनामा २ जाको मृत्यु भएको छ । पाँचथरको वारेबुङबाट योङयाप जाँदै गरेकोे ग १ ज ६० ८५ नम्बरको जीप याङबरक गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइेत भएका छन् । प्रहरकिा अनुसार १९ वर्षका प्रवेश योङ्या र १६ वर्षका सन्दीप योङयाको दुर्घटनामा परी मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु