Tuesday, 21 August 2018 07:54 am, Nepal

प्रदेशसभा सदस्यको सपथ भोली

मेचीकाली : 2018-01-20 10:02:30


प्रदेश प्रमुख आज कार्यक्षेत्रमा जाँदै
काठमाडौं, ६ माघ :

नवनियुक्त प्रदेशप्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई हिजो पद तथा गोपनीयताको शपथ ग।ाउनुभयो । त्यसलगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।

प्रदेशप्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन हिजै राजपत्रमा प्रकाशित गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत् प्रदेशका प्रमुखहरु आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका हुन् । आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानुनी बाध्यताका कारण प्रदेशप्रमुखहरु उक्त तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु