Wednesday, 23 May 2018 03:12 am, Nepal

फागुनमा धुलिखेल महोत्सव हुने

मेचीकाली : 2018-01-19 14:45:45


काभ्रे, ५ माघ :

आउँदो फागुन ३ गते विहिबार देखि १० गते सम्म धुलिखेल महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिका, धुलिखेल उद्योग बाणिज्य संघ, धुलिखेलमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनीतिक दल र जनप्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलमा उक्त निर्णय भएको हो ।

नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा धुलिखेल नगर भित्रका उद्योगी ब्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले धुलिखेलको विकास, सम्वृद्धका लागि आन्तरिक र बाह्य विकासका लागि विभिन्न कार्यक्रमहरु गर्न सुझाव दिएका थिए । नगरपालिकाले शुरु गरेका विभिन्न योजनाहरुको कार्यान्वयनका लागि धुलिखेलबासीहरुको एकता, विकासमा सहभागिता र योजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहनु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । नगरपालिकाको ३१ औ स्थापना दिवस तथा धुलिखेल महोत्सव एकै साथ मनाउने गरी तयारी गर्न नगर प्रमुख ब्याञ्जुले सहभागिहरुलाई अनुरोध गरेका थिए ।

धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजुले धुलिखेलका उद्योगी ब्यवसायीहरुको हितका लागि विगत वर्षहरुमा शुरु गरिएको धुलिखेल महोत्सवलाई निरन्तरता दिनु पर्ने बताए । नगरपालिकाका हरेक योजनाहरुमा उद्योग बाणिज्य संघ सहयोगि बन्ने र कार्यान्वयनमा सक्रिय सहभागिता जनाउने कोँजुले बताए । नगरपालिकाको ३१ औ स्थापना दिवसको अवसरमा धुलिखेल नगर क्षेत्र भित्र रहि नगर र राष्ट्रको विकासमा विशेष योगदान पु¥याउनु हुने विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको सम्मान गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । महोत्सवको तयारी र नगरपालिका स्थापना दिवसको थप तयारीका लागि विभिन्न उप समितिहरु गठन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु