Wednesday, 23 May 2018 03:20 am, Nepal

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

मेचीकाली : 2018-01-18 08:45:52


काठमाडौं, ४ माघ :

  कृषि विकास बैंकले आर्थिक वर्ष २०७३/०७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ मा ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आर्थिक वर्ष २०७२/०७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिनुभयो ।

बंैकले आव २०७३/०७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको    चुक्ता पूँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ । प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने भन्दै छिट्टै इन्टरनेट बंैकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु