Wednesday, 21 February 2018 01:06 pm, Nepal

चुनावी समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मेचीकाली : 2018-01-18 08:44:27


काठमाडौं, ४ माघ :

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा बाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । बैठकमा निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल तथा समिक्षा समेत हुनेछ । निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु