Sunday, 27 May 2018 05:14 am, Nepal

कर्मचारी समायोजन प्रक्रिया सुरु

मेचीकाली : 2018-01-14 10:11:11


नमान्नेलाई कारवाही हुने
काठमाडौं, ३० पुस :

कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ । सरकारले समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष कटाएका सबै कर्मचारीलाई स्वेच्छिक अवकाशमा सहभागी हुन निश्चित सर्त र मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार गरेको ऐन, कानुन मन्त्रालयमा रहेको छ ।

कानुन मन्त्रालयले पारित गरेपछि मन्त्रिपरिषदमा पेश हुने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । निजामती सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र व्यवस्थापिका संसद् सचिवालयसम्बन्धि ऐन २०६४ बमोजिम सेवामा कार्यरत कर्मचारीहरू सहभागी हुन पाउने उहाँले बताउनुभयो । सरकारले बनाएको नियमअनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिइसकेपछि कर्मचारीले अवकाश प्रक्रियाबाट फिर्ता नहुने र समायोजन हुन नमान्नेलाई कारवाही हुने पनि उहाँले बताउनुभयो ।

स्वेच्छिक अवकाशमा सहभागी कर्मचारीलाई सात वर्षको एकमुष्ठ पेन्सन र सो अवधि भुक्तान भएपछि प्रचलित कानुनअनुसार नियमित रूपमा पेन्सन दिइने छ । करिव १ लाख कर्मचारी समायोजन हुने र २० हजारले अवकाश लिने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु