Sunday, 27 May 2018 05:12 am, Nepal

माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले आज पदबाट राजीनामा दिने

मेचीकाली : 2018-01-12 10:36:25


काठमाडौं, २८ पुस :

माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाएको झण्डै चार महिनापछि माओवादी मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । सबै मन्त्रीको तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनुभएको छ ।

अध्यक्ष प्रचण्डले हिजो सार्वजनिक बिदा भएकाले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुहुनेछ । छलफल पछि नै राजीनामा दिएको विना विभागीयमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वाम गठबन्धन बनेपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई जिम्मेवारीबाट हटाएर विनाविभागिय बनाउनुभएको थियो ।

देउवा नेतृत्वको सरकारमा ९ जना मन्त्री र ७ जना राज्यमन्त्री थिए । मन्त्री मिथिला चौधरीले आफू निकट नेतासँग छलफल गरेर मात्र राजीनामा दिने बताउनुभएको छ । जनसंख्या तथा बातावरण मन्त्री चौधरी नेकपा संयुक्तले माओवादी केन्द्रसँग असोज २५ गते पार्टी एकता गरेपछि स्वतः माओवादी मन्त्री बन्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु