Wednesday, 20 June 2018 01:52 am, Nepal

गाउँपालिकाको नाम फेर्ने विषयमा थालिएको आन्दोलन स्थगित

मेचीकाली : 2018-01-03 08:49:03


रोल्पा, १९ पुस :

रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिवर्तन गर्ने र सुकिदह गाउँपालिकामा नामसँगै केन्द्र समेत फर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा भएको सर्वदलिय, सर्वपक्षिय छलफलबाट विवादित विषयहरु सम्बन्धित गाउँपालिकामा लगेर थप छलफल गर्नका लागि माघ ५ गतेसम्म सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिईएको हो ।

‘अहिलेलाई दुबै पक्षले बिबादित बिषयलाई आ–आफ्नो गाउँपालिकामा लगेर ब्यापक रुपले थप छलफल गराउने निर्णय गरिएको छ ।’ दिनभर छलफलमा बसेका सुबर्णावती गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीले भन्नुभयो । ‘गाउँपालिकाले गरेका निर्णय ५ गतेसम्म अघि नबढाउने र त्यतिन्जेल आन्दोलनका कार्यक्रम पनि रोक्ने सहमति भएको बार्ताको संयोजन समेत गरेका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु