dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

जुम्लामा 'नो लोडसेडिङ'

मेचीकाली : 2010-08-02 10:58:05


jumlaजुम्ला/ विद्युत उत्पादन एक सय ६० बाट एक सय ३० किलोवाटमा झर्‍यो। उपभोक्ताहरु पाँच सयबाट तीन हजार पुगे। तापनि जुम्ला लोडसेडिङमुक्त जिल्ला बनेको छ। एक सय ६० किलोवाट क्षमताको चन्दननाथ साना जलविद्युत आयोजना पाँच सय घरधुरीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको थियो। आयोजना सञ्चालनको २५ वर्षपछि उपभोक्ता संख्या तीन हजार पुगेको छ। बिजुली उत्पादन एक सय ३० किलोवाटमा झरेको छ। तैपनि उपभोक्ता जुम्लालाई लोडसेडिङमुक्त जिल्ला बनाउन सफल भएका छन्।

एक वर्षअघि परियोजना सञ्चालनको जिम्मा स्थानीय उपभोक्ताले पाएपछि जुम्लाले चमत्कार गरेको हो। चन्दननाथ साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुड्् थापा विद्युत् अभावको कारण पत्ता लगाएर लोडसेडिङमुक्त अभियान थालेपछि सफलता पाएको बताउँछन्।

उपभोक्ता समितिले सबैभन्दा पहिले उपभोक्तालाई रातो चिम, राइस कुकर, हिटरलगायतका विद्युत उच्च खपत हुने सामग्री प्रयोगमा रोक लगायो। त्यसपछि ती सामग्रीबाट विद्युत उपभोग गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तोक्यो। समितिका पदाधिकारी आफै र केही गुप्तचर खटाएर प्रतिबन्धित सामग्रीबाट विद्युत् उपयोग गर्नेको निगरानी गरियो। ‘अहिले तपाईँ जुम्लामा कसैको घरमा पनि रातो बत्ती बलेको पाउनु हुने छैन,’ थापाले भने, ‘हिटर र रड त दुर्लभ भइसके।’

विद्युत खपत कम गर्न उपभोक्ता समितिले साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म मेसिन र प्रेस सञ्चालनमा पनि रोक लगाएको छ। यसले गर्दा उनीहरुलाई पनि फाइदा भएको छ। मेसिन र प्रेस राति बन्द भए पनि दिउँसो निर्बाध चलिरहेका छन्।

अभियानलाई सफल पार्न उपभोक्ता समितिका पदाधिकारीले जिल्ला विकास समितिबाट प्राप्त ४ लाखमा १० लाख रुपैयाँ थपेर सिएफएल चिम खरिद गरी निःशुल्क बाँडेका थिए। प्रारम्भिक चरणमा समितिले रातो चिम झिकेर सिएफएल चिम वितरण गरे पनि अहिले उपभोक्ता आफै सिएफएल चिम किन्न बाध्य छन््। ‘सस्तोको लोभमा रातो चिम बालेर पाँच सय जरिवाना तिर्नुभन्दा पाँच सयमा दुइटा सिएफएल किनेर बाल्नु निकै वेश,’ चन्दननाथ, ७ का उपभोक्ता लालबहादुर रोकायाले भने, ‘रातो चिमको तुलनामा सिएफएलले १० गुणा कम विद्युत् तान्छ।’

जुम्लामा दैनिक २४ घन्टै उज्यालो छ। उपभोक्ता समिति पनि एक वर्षमै ५० लाख फाइदामा गएको छ। लोडसेडिङमुक्त अभियान सफलताको कारण खोतल्दै अध्यक्ष बुड््थापाले भने, ‘पहिले एउटा घरमा पाँचवटा रातो चिम बल्दा पाँच सय वाट विद्युत खपत हुन्थ्यो, तर अहिले १० वटा सिएफएल बल्दासमेत ५५ वाट मात्र खपत हुन्छ।’

यसरी बचत भएको विद्युत थप पाँच सय नयाँ घरमा बाँड्दा ५० लाख नाफा भएको उनले बताए। स्थानीय उपभोक्ताले आयोजना सञ्चालनको जिम्मा लिनुअघि जुम्लामा तीन दिनमा एक दिन लोडसेडिङ हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु