Wednesday, 26 September 2018 03:04 am, Nepal

विकास निर्माणको लाजमर्दो अवस्था

मेचीकाली : 2017-12-29 10:12:18


काभ्रेमा अहिलेसम्म १३ प्रतिशतमात्रै विकास बजेट खर्च
काभ्रे, १४ पुस :

चालु आर्थिक वर्ष २०७४/०७५ को पाँच महिना वितिसक्दा जिल्लाको कुल विकास बजेटको १३ प्रतिशत रकम मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) काभ्रेका अनुसार यस आर्थिक वर्षका लागि विनियोजन भएको पूँजीगत अर्थात विकास बजेटमध्ये पाँच महिनाको अवधिमा १३ दशमलव २७ प्रतिशत बजेट मात्रै खर्च भएको  हो ।

काभ्रेका प्रमुख कोष नियन्त्रक केदारसिं देउजाका अनुसार १ अर्ब १७ करोड ८४ लाख १८ हजार ५ सय बजेटमध्ये मंसिर मसान्तसम्म १५ करोड ६४ लाख ४८ हजार ६ सय ६४ रुपैँया मात्रै खर्च भएको छ । यसैगरि पाँच महिनाको अवधिमा चालु बजेट ४८ दशमलव ३८ प्रतिशत बजेट खर्च भएको छ । कुल ८ अर्ब ९३ करोड ५३ लाख ६ हजार ६ सय ४ रुपैँयामध्ये ४ अर्ब ३२ करोड २९ लाख ३० हजार ३ सय ३१ रुपैँया रकम खर्च भएको छ । काभ्रेका प्रमुख कोष नियन्त्रक देउजाले सरकारले समयमा नै विकास निर्माण लगायतका कामहरु सम्पन्न गर्ने लक्ष्य लिएर समयमै बजेट विनियोजन गरेपनि पाँच महिनाको अवधिमा विकास बजेट खर्च न्यून रहेको बताए । उनले नेपालीहरुको महान चाड दशैँ, तिहारलगायतका चाडपर्व, निर्वाचनका कारण विकास बजेट खर्च हुन नसकेको बताए । उनले उपभोक्ताहरुमा अहिलेपनि पहिलो चौमासिकमा खर्च गर्ने परिपाटी नभएकोले विकास बजेट खर्च कम देखिएको बताए ।

कोलेनिकाका अनुसार पाँच महिनाको अवधिमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय काभ्रेले ३ करोड ३ लाख ६७ हजार ६ सय ३१ रुपैँया, भुकम्पीय आवास पुननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईको ६ करोड ३८ लाख ८७ हजार ५ सय ५८ खर्च गरेको छ । त्यसैगरि सिंचाई विकास कार्यालयले १ करोड १६ लाख १२ हजार ५ सय ५३, जिल्ला प्रहरी कार्यालय काभ्रेले ३४ लाख ११ हजार ६ रुपैँया, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १९ लाख १५ हजार १ सय ३० रुपैँया खर्च गरेको कोलेनिका काभ्रेले जनाएको छ । प्रमुख कोष नियन्त्रक देउजाले स्थानीय तहमा बजेट पठाएपनि खर्च हुन नसकेको बताए । उनले जिल्लाका अधिकाँश कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा विकास बजेट खर्च गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु