dashain
Monday, 15 October 2018 05:18 pm, Nepal

किसानको विउ कर्मचारीले वेचे

मेचीकाली : 2010-08-01 21:22:59


डोटी, १६ साउन
संस्थाले बितरण गरेको मकैको बिउ किसानले भुटेर खाएको समाचार अव पुरानो भएको छ । संस्थाले बितरण गरेको बिउ कर्मचारीहरुले खाने गरेको नयाँ समाचार प्राप्त भएको छ । बिउ खाने कर्मचारीलाई संस्थाले खोजाखोज गरेको छ ।

एफएओको सहयोगमा डोटी जिल्लाका खाद्य संकट भएका २६ वटा गाबिसका कृषकहरुलाई अन्न र तरकारीको बिउ बितरण गर्दै आएको इकार्डस नेपाल डोटीले डोटीको वोगटान क्षेत्रमा रहेको ६ गाविसका किसानहरुका लागी पठाइएको विउ सोही संस्थामा कार्यरत कृषि प्राबिधिक -जेटिए) दशरथ ताम्राकारले विक्रि गरी खाएको सिमचौर गाविसका किसानहरुले आरोप लगाएका छन् । सिमचौर देखि उक्त विउको खोजी गर्ने र कर्मचारीहरु कार्वाही गर्ने प्रक्रिया अगाडी वढाउन माग राख्दै आफुहरु इकाडर्स नेपालको कार्यालय सिलगढी पुगेको सिमचौर गाविसका कृषक खेम र्घर्तिमगरले बताए ।

विउ गाविसमा ढिलो पुग्ने संकेत पहिले नै देखिएको थियो । वाघछेडा देखि सिमचौर सम्म विउ ढुवानी गर्नका लागी प्रत्येक किलोग्राम रु १५ का दरले ढुवानी हुने भएको तर ताम्राकारले चार रुपैया केजीका दरले ढुवानी गर्न आग्रह गरे पश्चता विउको विवाद सुरु भएको हो । एक हप्ता पछि बुझ्दा विउ विक्रि भएको र ताम्राकारले कार्यालयवाट विउ ढुवानी गर्ने भन्दै पचास हजार रुपैया लगेको जानकारी पाईएको सिमचौर गाविसका तेज वहादुर विष्ट बताए ।

किसानहरुका लागि आएको बिउ प्राप्त नभएपछि इकार्डसको कार्यालयमा गएर  खोजी गर्दा कर्मचारी ताम्राकारले लगेको जानकारी पाएको कृषकहरु वताएका छन । संस्थाका व्यक्तिहरुले हामीहरु त्यही गएर छानबिन गर्ने भनेको तर कहिले छानबिन हुन्छ भन्ने थाहा भनएको कृषक बिष्टले जानकारी दिए ।

इकार्डस नेपालका कर्मचारीहरु जेटिए ताम्राकारलाई खोज्नका लागि बोगटान क्षेत्रमा पुगेको जानकारी प्राप्त भएको छ तर ताम्राकार फेला नपरेकोले कर्मचारीहरु बिभिन्न स्थानहरुमा खोज्दै हिडेका छन ।

यस बिषयमा इकार्डस नेपालको डोटी सिलगढीस्थित परियोजना कार्यालयमा सम्पर्क गर्दा कार्यालयमा आधिकारिक व्यक्ति भेटिएनन् । धान २६ क्वीण्टल, मकै अर्ढाई क्वीण्टल र तरकारी तिन सय २८ पाकेट बिउ गड्सेरा, मान्नाकापडी, बर्छै न, लानाकेदारेश्वर, घाङल र सिमिचौर गाबिसका कृषकहरुलाई बितरण गर्नु पर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु