Wednesday, 26 September 2018 03:02 am, Nepal

काभ्रेपलाञ्चोकलाई प्रदेश राजधानी बनाउन पहल शुरु

मेचीकाली : 2017-12-20 08:25:33


बनेपा, ५ पुस :

काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् । जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर दोङले प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिनुभयो ।

प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निक्र्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताउनुभयो ।काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ ।

प्रादेशिक राजधानी बनाउन पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनोटलगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ । क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायत हुनुहुन्छ ।

सो समितिले प्रदेश सभाका लागि बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो । उहाँले केही दिनअघि पूर्वाधार विकासका लागि रु। ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटाँैडामा पठाइएको बताउनुभयो ।

नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशको राजधानी जिल्लालाई बनाउने कुरामा पार्टी सकारात्मक भएको उल्लेख गर्दै ‘बल एमालेको कोर्टमा छ’ भन्नुभयो । तीन नं प्रदेश अन्र्तगत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।
रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु