Wednesday, 26 September 2018 03:03 am, Nepal

काभ्रेमा अहिलेसम्म ३,५१४ मात्रै घर पुनर्निर्माण

मेचीकाली : 2017-12-19 18:17:05


काभ्रे, ४ पुस :

भुकम्प गएको ३१ महिना वितिसक्दा काभ्रेमा हालसम्म भुकम्पबाट क्षति भएका घरमध्ये करिब साढे तीन हजार मात्रै घर पुनःनिर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेका अनुसार मंसिर २६ गतेसम्म काभ्रे जिल्लामा भुकम्पमा क्षति भएका घरहरुमध्ये ३ हजार  ५ सय १४ वटा घर मात्रै पुनःनिर्माण भएको बताए ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुर्व गैँडाले भुकम्प पिडितहरुमा घर बनाउने इच्छा शक्ति हुँदा हुँदै पनि आर्थिक अवस्था कमजोर र पूँजी अभाका कारण घर पुनःनिर्माणको काम अघि बढाउन नसकेको बताए । उनले घर पुनः निर्माण नहुनुमा घरमुली घरमा नहुँदा महिलाहरुले काम अघि बढाउन नसक्नु, घर बनाउने काठ, पानीलगायतका निर्माण समाग्रीको उपलब्धता नहुनु, गाउँघरमा अझै पनि दक्ष कामदारको अभाव हुनुलगायतको समस्याले गर्दा सोचे अनुसारको घर पुनःनिर्माणको कामले गति नलिएको बताए । प्राधिकरणका अनुसार हालसम्म काभ्रेमा २ हजार ८ सय ९३ भुकम्प पिडितले सरकारले उपलब्ध गराउने तेस्रो किस्ताको रकम लिईसकेका छन् । जसमा नेपाल सरकारबाट २ हजार ५ सय ७४ र गैह्र सरकारी संस्थाबाट ३ सय १९ ले तेस्रो रकम लिएका हुन् ।

६५ हजार ७ सय ७३ जनाले सरकारले नीजि आवास पुनःनिर्माणको लागि उपलब्ध गराएको पहिलो किस्ता वापतको ५० हजार रुपैँया लिएपनि हालसम्म ९ हजार २ सय ६९ भुकम्प पिडितले मात्रै दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैँया लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेले जनाएको छ । भुकम्प पिडितको नामावलीमा आफुहरुको नाम समावेश नभएको भन्दै गुनासो गर्ने २३ हजार ९ सय ३९ भुकम्प पिडितहरुमध्ये हालसम्म २३ हजार ४ सय ८६ भुकम्प पिडितको गुनासो सम्बोधन भईसकेको छ । सरकारले भुकम्प पिडितहरुको घर पुनःनिर्माणको रेखदेख तथा परामर्श दिनका लागि गाउँगाउँमा इन्जिनियर खटाएपनि उनीहरु गाउँ नजाँदा भुकम्प पिडितहरु घर बनाउने कुरामा अन्यौलमा रहेका छन् । प्राधिकरणले भुकम्पबाट क्षति भइ पुनः निर्माणको क्रममा रहेको घरहरुको अनुगमन तथा विषयतगत आयोजना कार्यान्वय इकाईको काममा समन्वयको भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु