Sunday, 18 November 2018 06:13 pm, Nepal

यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

मेचीकाली : 2017-12-18 14:03:13


उदयपुर, ३ पुस :

त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ ।

आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । पक्राउपर्नेमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौन क्रियाकलपमा संलग्न केही महिलासहितका व्यक्ति रहेका छन् ।

पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार होटल सञ्चालिका श्रेष्ठले कमिशनमा ग्राहक बोलाएर यौनकर्मीलाई एक पटककोे पाँचसयका दरले यौन क्रियाकलामा लगाउने गरेकी थिइन् । अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति सादा पोशाकका प्रहरीले निगरानी गर्न थालेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । केही स्थानमा यस्तो गतिविधि बढ्न थालेका कारण प्रहरीले कडाइका साथ नियन्त्रणको अभियान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु