Wednesday, 25 April 2018 08:14 pm, Nepal

समानुपातिकको मतगणना सकिदै

मेचीकाली : 2017-12-17 08:43:39


कांग्रेस–एमाले हाराहारी
काठमाडौं, २ पुस :

समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना लगभग सकिएकोे छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको केही मत गन्ने काम बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २ सय ९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६ सय ४३, माओवादी केन्द्र १२ लाख ९५ हजार ९ सय ३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४ सय ८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४ सय ६१ मत प्राप्त गरेको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २ सय ९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १ सय ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४ सय २६ मत प्राप्त गरेको छ । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ ।
प्रतिनिधिसभामा समानुपातिक तर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु