Monday, 22 January 2018 08:15 am, Nepal

आठ पत्रकार रिहा

मेचीकाली : 2017-12-12 10:14:33


काठमाडौं, २६ मंसिर :

नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानमा लागेको आरोपमा पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार रिहा भएका छन् । यही मंसिर १० र २१ गतेको निर्वाचनपूर्व मंसिर १ गते मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गर्दै हिरासतमा राखेको थियो ।

थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु