Monday, 18 December 2017 03:03 am, Nepal

शान्ति सम्झौताको ११ वर्ष, सम्झौता अनुसारको काम बाँकी

मेचीकाली : 2017-11-21 10:38:04


काठमाडौं, ५ मंसिर :

आज शान्ति सम्झौता भएको ११ बर्ष पुरा भएको छ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको हो ।शान्ति सम्झौता पुरा भएको दिनको अवसरमा आज विभिन्न कार्यक्रम गरिदैछन् ।
यो बिचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्य, संविधान जारी भएका छन् । तर, शान्ति सम्झौता पुरा भएको एक दशमा पनि शान्ति सम्झौता अनुसारको काम हुन भने बाँकी नै रहेका छन् । राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन ।  आठ वर्षपछि बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईटै आयोगले काम सकेका छैनन ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु