Sunday, 19 August 2018 09:26 pm, Nepal

चुनाव बारे बेखबर पाहान समूदाय

मेचीकाली : 2017-11-20 08:49:42


झापा, ४ मंसिर :

झापाको मेचि नगरपालिका १५ का सन्तोस पाहानको उमेर ३९ वर्ष पुग्यो । उहाँ लेख पढ गर्न जान्नुहुन्न । चुनावबारे रिपोर्टिङ गर्ने क्रममा अल्पसंख्यक पाहान बस्तीमा पुग्दा यहाँका मानिस चुनावबारे बेखबर भेटिए । सन्तोसलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति पनि थाहा छैन । त्यति मात्रै होर ? प्रलोभनमा परेर भोट दिने गरेको विगत समेत छ ।

सन्तोस पाहान यस पटक पनि प्रलोभनमा पर्ने अवस्था दोहोरिएला भनेर चिन्तित हुनुहुन्छ । सन्तोस मात्रै होईन यहाँको पाहान समूदायमा आसन्न चुनाव बारे कोहि पनि जानकार छैनन् । उनिहरुको आफ्नै भाषा छ । स–साना झुपडी भएको १३ घर मिलेर बनेको बस्ती छ । यो समूदायमा समान्य अक्षर चिन्ने एकजना मात्रै भेटिए । विद्यालय जाने बालबालिका भेट्नै मुस्किल छ । चेतनाको स्तरका न्युन भएकै कारण चुनावका बेला यो समूदायलाई प्रलोभनमा पारेर मत तान्न पार्टी र उम्मेदवारलाई सजिलो भएको छ ।
चुनावी प्रचार प्रसारले झापाका गाउँ शहरको माहोल तातिएको छ । तर यहाँ एजेण्डा र नारा लिएर कोही आएनन् । आफुहरु अल्पसंख्यक भएपनि राज्यले बेवास्ता गरेको र कुनै सेवा सुविधा नपाएको उनिहरुको गुनासो छ । यो समूदायका कसैको पनि जग्गा जमिन छैन । उनीहरु सामान्य खेती किसानी, चिया बगानको काम, मेची खोलामा माछा मार्ने र गिटी बालुबा चाल्ने काम गरेर जिविको चलाउँछन् । चुनाव र मतको बारेमा केहि थोरै बुझेका बिलाश पाहान आफुहरुको दुखः बुझ्नेलाई भोट हाल्ने बताउनुहुन्छ ।चुनाव कैले हुँदैछ भन्ने थाहा नपाएका पाहान समूदायका मान्छे, आफ्नो दुख बुझिदिने उम्मेद्वार पर्खिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु