Monday, 18 December 2017 02:56 am, Nepal

सरकारले चुनावी सुरक्षाका विषयमा छलफल गर्ने

मेचीकाली : 2017-11-20 08:46:44


मन्त्रिपरिषद बैठक पनि बस्दै

काठमाडौं, ४ मंसिर : सरकारले चुनावी सुरक्षाका विषयमा छलफल गर्ने भएको छ । देशभरीका चुनावी क्षेत्रमा उम्मेदवार लक्षित आक्रमणका घटना नरोकिएपछि सरकारले चुनावको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न लागेको हो । सुरक्षा निकायका चारै प्रमुखसँग छलफल गरेर सरकारले निर्णय लिने तयारी गरेको छ । पहिला सुरक्षा समितिको आकस्मिक बैठक बसेपछि मन्त्रिपरिषद बैठक बस्नेछ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकमा सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ । नेपाली सेना सुरक्षामा दिइने भूमिका विषयमा पनि छलफल हुने रक्षा मन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ । उहाँका अनुसार सुरक्षा चुनौती बढ्दै गए सेनालाई मुख्य भूमिका समेत परिचालन गर्न सकिनेछ । सेनाले पनि आफुले चुनावमा भएको विस्फोटनका घटनालाई नजिकबाट हेरिरहेको र आबश्यक परे बाहिर निस्किने बताइसकेको छ । मन्त्रिपरिषदको बैठक दिउँसो बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु