Friday, 24 November 2017 12:20 am, Nepal

न्याय बलियो भए मात्र विकास हुन्छ : प्रधानन्यायाधीश पराजुली

मेचीकाली : 2017-10-18 16:36:43


रोल्पा, १ कात्तिक : 

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताएका छन् । आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन् यहाँको समुदाय सम्बद्ध हुने बताएका हुन् ।आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उनले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताए । जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उनको भनाइ थियो ।

तीन करोड ४७ लाखको लागतमा निर्मित सो भवन चारतला रहेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले जानकारी दिए । १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो । दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवन निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न गर्न नसक्दा तीनपटक म्याद थप गरी साढे पाँच वर्षपछि निर्माण सम्पन्न गरी गत फागुनमा हस्तान्तरण गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

उद्घाटन कार्यक्रममा न्याय परिषद्का सदस्यद्वय पदम वैदिक र रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीलगायतको आतिथ्यता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु