Friday, 24 November 2017 12:28 am, Nepal

एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

मेचीकाली : 2017-10-17 10:42:45


काठमाडौं, ३१ असोज  :

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनभएको छ । काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो । भट्टले ११ सय ९७ मत प्राप्त ल्याउनु भयो भने गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो ।

निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए । एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी हुनु भएको छ । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी र महासचिवमा डा.बद्रि केसी विजयी हुनुभएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु