Friday, 24 November 2017 12:29 am, Nepal

इरान पाकिस्तान सीमा व्यवस्थापन समझदारी

एजेन्सी : 2017-10-16 16:26:54


इस्लामावाद, ३० असोज :

पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यी दुई देशले आइतबार हस्ताक्षर गरेका छन् । यी दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो । त्यस अवसरमा दुई देशकाबीचण् यो समझदारी भएको हो ।

गएको मे महिनामा यी दुई देशको सीमा आयोग गठन भएको थियो । आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै सो संयुक्त आयोगको गठन भएको थियो ।

आइतबार उक्त आयोगका २१ औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ । रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको थियो ।

सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्नै अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावत लगायतका धेरै क्षेत्रहरुको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु