Friday, 24 November 2017 12:23 am, Nepal

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

मेचीकाली : 2017-10-14 08:52:19


काठमाडौं, २८ असोज :

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताउनुभयो । केही मात्रामा अभाव भएको भएपनि आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेको जानकारी उहाँले दिनुभयो ।

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताउनुभयो । गत वर्ष एकहजार ५ सय व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु