Wednesday, 23 May 2018 03:12 am, Nepal

एनआरएनले दियो पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स

मेचीकाली : 2017-10-09 08:45:18


पर्वत, २३ असोज :

एनआरएन रुसले पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स प्रदान गरेको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं.३ स्थित रानीपानी स्वास्थ्य चौकीलाई एनआरएनरुसले एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी २० लाख रुपैयाँभन्दा बढी पर्ने एम्बुलेन्स स्थानीय स्वास्थ्य चौकीलाई  प्रदान गरिएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकाट गाँउको बाध्यता अन्त्यका लागि बैदेशीक रोजगारको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुले रकम जुटाएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । एम्बुलेन्स गउँपालिकाले व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत सञ्चालनमा ल्याउनेछ । हिजो एक कार्यक्रमबीच पर्वत क्षेत्र नं.२ का सांसद विकास लम्साल, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,एन.आर.एन.रुसका अध्यक्ष रामेश्वर गौतमलगायतको टोलीले रानीपानी स्वस्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।
 सांसद लम्सालकै पहलमा यसअघि पैंयु गाउँपालिकाको हुवास, महाशिला गाउँपालिकाको लुंख, फलेवास नगरपालिकाको पाङराङ र खानीगाउँ कुश्मा नगरपालिकाको ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आइसकेको छ । एनआरएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतलगायतको टोली हेलिकोप्टरमार्फत एम्बुलेन्स हस्तान्तरण गर्न रानीपानी पुगेको थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु