dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

डोटीमा सूचना अधिकार अभियान

मेचीकाली : 2010-07-28 11:23:16


सिलगढी(डोटी),१२साउन
सूचनाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले डोटी जिल्लाका ५० वटा गाउँ विकास समितिमा सूचना अधिकार अभियान सञ्चालन गरिएको छ । डोटी जिल्लामा कार्यरत एक्सन एड नेपालका साझेदार संस्थाहरू विकास सञ्चार समूह, सम विकास केन्द्र, समाजसेवाद्वारा संयुक्तरूपमा आयोजना गरिएको जिल्लाव्यापी सूचना अधिकार अभियानअन्तर्गत जिल्लाका बछैन, गडसेरा, लक्ष्मीनगर, जिजौडामाण्डौं, मुडभारा, भूमिराजमाण्डौं, कलेना, तिखातर, पोखरी, गैरागाउँ, बारपाटा र डौड गाविसमा सूचना अधिकारसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

जिल्लाव्यापी सूचनाको अधिकार अभियानका क्रममा जिल्लाका ५० वटा गाविसमा युवा सञ्जालद्वारा सूचना अधिकारसम्बन्धी सडक नाटक प्रदर्शन, सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले व्यवस्था गरेका सूचना अधिकारका बारेमा जानकारी पुस्तिकाको उत्पादन एवम् वितरण, प्रत्येक गाविसमा सूचनाको हकसम्बन्धी उपचार शिविर सञ्चालन, स्थानीयस्तरका सार्वजनिक निकायलाई सूचनाको हकसम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने विकास सञ्चार समूहका कार्यक्रम प्रबन्धक शङ्कर थापाले जानकारी दिए ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएपछि जिल्लाव्यापी सूचना अधिकार अभियान सञ्चालन गर्ने जिल्ला डोटी प्रथम भएको आयोजहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु