Friday, 24 November 2017 12:26 am, Nepal

टहरामै वित्यो यसपाली पनि काभ्रेका अधिकांश भुकम्पपीडितको दशैं

मेचीकाली : 2017-10-01 07:57:50


पहिलो किस्ता लिएपनि धेरैले घर बनाएनन्
काभ्रे, १५ असोज :

काभ्रेका अधिकांश भुकम्पपीडितले यो बर्ष पनि टहरामै दशैं मनाएका छन् । भुकम्प गए लगत्तै सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सुस्तता, सरकारी नीति नियमको अस्पष्टता र अनुदानको लोभमा भुकम्प पीडितहरुको यो वर्षको दशैं पनि टहरामै मनाउनुपर्ने अवस्था आएको हो ।

 घर निर्माण सकेका भुकम्प पीडितहरुले पनि सरकारले दिने भनेको पूर्ण अनुदान प्राप्त गर्न सकिरहेका छैनन् । काभ्रेपलाञ्चोक जिल्लामा झण्डै ८० हजार ब्यक्तिहरुले भुकम्पको अनुदान प्राप्त गर्नुपर्ने बताएका छन् । ति मध्ये ७२ हजार ४ सय १७ भुकम्प प्रभावितको लाभग्राहि सूचीमा परेका छन् भने २३ हजार ९ सय ३९ ले गुनासो फाराम भरेका छन् । पहिलो चरणमा ६७ हजार ७ सय ३१ घर धुरी भुकम्प पीडितको लाभग्राहि सूचीमा समावेश भएका थिए । गुनासो फाराम भरेर पठाएका मध्ये ४ हजार ६ सय ८६ जना भुकम्प पीडितहरुको नाम लाभग्राहि सूचीमा थप भएपछि भुकम्प पीडितहरुको संख्या ७२ हजार ४ सय १७ पुगेको छ । पहिलो किस्ताका लागि सम्झौता गर्नेहरुको संख्या ६३ हजार ९ सय ७२ पुगेको छ ।

गुठीमा परेको जग्गा, आफ्नै नाममा जग्गा नभएको, लालपुर्जा नभएको जस्ता विविध कारणबाट भुकम्प पीडितहरुसँग अझै सम्झौता हुन सकेको छैन । सरकारको अनुदानमा बसेका भुकम्प पीडितहरुले घर निर्माण शुरु गर्न नसक्दा तीन वर्ष देखि टहरामै दशंै मनाउनेहरु समस्यामा परेका छन् । लाभग्राहि सूचीमा परेर पनि पहिलो किस्ता नपाउनेहरुको संख्या ७ हजार रहेको छ भने दोश्रो किस्ता प्राप्त गर्नेहरुको संख्या ७ हजार पनि पुगेको छैन । नेपाल सरकारबाट ६ हजार ४ सय ४४ र गैरसरकारी संस्थाहरुबाट ४ सय ५२ गरी ६ हजार ८ सय ९६ जनाले मात्रै दोश्रो किस्ता प्राप्त गरेका छन् । भुकम्प पीडितहरु मध्ये सरकारी कोषबाट तेश्रो किस्ता प्राप्त गर्ने १५ जना मात्रै रहेका छन् । यस्तै एनजिओहरुको तर्फबाट १ सय ९३ जनाले अन्तिम किस्ताको रकम प्राप्त गरिसकेका छन् । पूर्ण रुपमा घर निर्माण सम्पन्न भईसकेको कागजात तयार भएका १ हजार २ सय ५६ घर धुरीहरुले अझै रकम प्राप्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु