Wednesday, 23 May 2018 03:07 am, Nepal

ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

मेचीकाली : 2017-09-29 08:41:53


पर्वत, १३ असोज :

कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दैै सेवा शुभारम्भ गर्नुभएको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आव ०७३/७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख उपलब्ध गराएपछि उहाँकै पहलमा एम्बुलेन्स भित्रिएको हो ।

एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका ठूलीपोखरीलगायत आसपासका खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा रिफर गर्नुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।

सो अवसरमा सांसद लम्सालले गाउँको विकासनिर्माणमा स्थानीयवासीकै सक्रियता महत्वपूर्ण हुने बताउँदै सडक सुविधा जिल्लाभरि नै पुगे पनि बाह्रैमास सञ्चालन हुने गरीसबै सडक कालोपत्रे गर्ने अभियानमा आफू जुटेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले आफू जिल्ला विकास समितिको सभापति रहेकै बेला जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै नागरिकमा चेतनाको विकाससँगै गरिबी निवारण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले आफूले सात वटै तहबीच समन्वय गरेर प्रत्येक तहलाई समृद्ध बनाउन पहल गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु