Monday, 18 December 2017 03:13 am, Nepal

प्रदेश नम्बर २ को स्थानीय चुनावको मत परिणाम आउने क्रम शुरु

मेचीकाली : 2017-09-21 08:49:33


 एमाले ४ स्थानमा बिजयी
काठमाडौं, ५ असोज : प्

रदेश नम्वर २ मा सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत परिणाम आउने क्रम सुरु भएको छ । अहिले सम्म ८ वटा स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये एमालले चार स्थानीय तहमा बिजयी भएको छ ।

 नेपाली कांग्रेस, रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले १/ १ स्थानमा विजयी भएका छन्। कांग्रेसको ४१ ठाउँमा अग्रता छ । दोस्रो ठुलो अग्रता संघिय समाजबादी फोरमको रहेको छ । फोरम २९ स्थानमा अगाडी छ । त्यस्तै माओवादी १९, एमाले १६ र राजपा १५ स्थानमा अगाडी छन् ।

सर्लाहीको विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी

सर्लाहीको विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा सो पार्टीका जवाहार लाल यादव १९ सय ४६ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार सिंहले १५ सय ४९ मत प्राप्त गर्नु भएको छ । विष्णु गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाल लोकतान्त्रिक फोरमकै उषा देवी १९ सय ३२ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अन्जु कुमारी बैठाले १७ सय २१ मत प्राप्त गर्नु भएको छ । ८ वटा वडा रहेको विष्णु गाउँपालिकामा असोज २ गते भएको स्थानीय तह निर्वाचनमा कुल ११ हजार १ सय ४१ मतदाता मध्ये ८ हजार ६ सय ८८ मत खसेको थियो ।

धनुषाको बटेश्वर एमाले विजयी

धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । बटेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतमप्रतिद्धन्दी कांग्रेसका रामअशिष महतोले २३ सय ३ मत ल्याउनु भएको छ । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी कांग्रेसका जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याउनु भएको छ । बटेश्वर गाउँपालिकाको वडा नम्बर १ र ५ मा कांग्रेस, ३ र ४ मा एमाले र ३ मा नेकपा माओवादीकेन्द्र विजयी भएको छ ।

सिरहाको विष्णुपुरमा संघीय समाजवादी फोरमले जित्यो

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९ सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २ सय ८० मत प्राप्त गर्नुभयो । तेस्रोमा नेकपा माओवादी केन्द्रका सतदेव यादवले एक हजार २ सय ५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालका अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललितादेवी यादवले एक हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु