Sunday, 17 December 2017 07:49 am, Nepal

सामाजिक सेवा दिवस आजेखि मनाइने

मेचीकाली : 2017-09-20 08:44:17


काठमाडौं, ४ असोज :

नेपाल सरकारअन्तर्गतको समाज कल्याण परिषद्ले पर्सी असोज ६ गते पर्ने सामाजिक सेवा दिवस ३ दिनसम्म मनाउने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का अध्यक्ष आशा कोईरालाज्यूको संयोजकत्वमा यो दिवस मनाउन ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

 मूल समारोह समितिले विभिन्न उपसमितिहरुको बनाएर दिवसलाई भव्यताका साथ मनाउने तयारी भइरहेको हो ।३८औं सामाजिक सेवा दिवस समारोह असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतित्थ्यमा सम्पन्न हुने मनाइन लागिएको हो । सामाजिक कल्याण र सेवाको उद्देश्य राखेर स्थापना भएपनि समाज कल्याण परिषद्ले हाल भने सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमहरुको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन र कार्यक्रमहरुको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु