Monday, 18 December 2017 03:19 am, Nepal

प्रदेश नम्बर २ मा मतगणना जारी

मेचीकाली : 2017-09-20 08:43:55


कांग्रेस अगाडि एमाले पछ्याउँदै
काठमाडौं, ४ असोज :

प्रदेश नम्बर २ मा अस्ती भएको स्थानीय तह निर्वाचनको मतगणनाको काम जारी छ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तह मध्ये सप्तरीको राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । कतिपय स्थानीय तहमा वडा तहको नतिजा भने आएको छ ।

पछिल्लो जानकारीअनुसार ४४ स्थानमा कांग्रेसको अग्रता छ । दोस्रो स्थानमा रहेको एमाले २४ स्थानमा अगाडि छ । त्यस्तै समाजवादी फोरम र राजपा १७÷१७ स्थानमा अगाडि छन् । माओवादी केन्द्र १४ स्थानमा अगाडि छ । अन्य दल भने ३ स्थानमा अगाडि रहेका छन् । सबैको चासोको रुपमा रहेकोे बिरगञ्ज महानगरपालिकामा राती अबेरबाट कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा राजपा र तेस्रो स्थानमा संघिय समाजबादी फोरम रहेका छन् । त्यस्तै जनकपुर उपमहानगरमा राजपाले अग्रता लिईरहेको छ । कांग्रेसले उसलाई पछ्याईरहेको छ । बाराको जितपुर सिमरा उपमहानगरपलिकामा भने एमाले अगाडी छ । दोस्रो स्थानमा कांग्रेस छ । त्यस्तै बाराकै अर्को उपमहानगरपालिका कलैयामा समाजबादी फोरम पहिलो र एमाले दोस्रो स्थानमा छ । अन्य ठाउँमा पनि कांग्रेस र एमालेबीच नै मूख्य प्रतिस्पर्धा देखिएको छ ।

सप्तरीको राजविराज नगरपालिकाको वडा नम्बर १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले त्यो वडामा असोज ५ गते मतदान तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु