Sunday, 17 December 2017 07:51 am, Nepal

प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना

मेचीकाली : 2017-09-19 14:42:55


काठमाडौँं, ३ असोज :

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणानुसार आज अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु