Sunday, 17 December 2017 07:49 am, Nepal

प्रदेश नंवर २ मा उत्साहपुर्वक मतदान सुरु

मेचीकाली : 2017-09-18 08:06:06


आजै रातीबाट मतगाणना सुरु गरिने, पाँच दिनभित्रै नतिजा आउने
काठमाडौं, २ असोज :

स्थानीय तह चुनावअन्तर्गत प्रदेश नम्बर २ का ८ वटा जिल्लामा उत्साहपुर्वक मतदान सुरु भएको छ । तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा मतदान भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आठ जिल्लाका दुई हजार ए सय ६६ मतदानस्थलमा तीन हजार पाँच सय ७८ मतदान केन्द्र रहनेछन् ।

त्यस्तै मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचार जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचन आयोगले चुनावको पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश २ मा स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेद्वार चुनावी मैदानमा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ र पुरुष २२ हजार ८ सय ६१ जना रहेका छन् । निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वा्चित भइसकेका छन् ।

 २ नम्बर प्रदेशमा कुल २६ लाख ६४ हजारभन्दा धेरै मतदाता रहेका छन् । संविधान प्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी राजपालाई पनि चुनावमा सहभागी गराउन सरकारले वैशाख ३१ र असार १४ गतेका लागि तोकिएको चुनाव आजका लागि सारेको थियो । निर्वाचन आयोगले आजै रातीदेखि मतगणना सुरु गरेर पाँच दिनभित्र सबै तहको नतिजा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु