dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

संविधानसभा विघटन गर्न थापाको माग

मेचीकाली : 2010-07-27 12:47:15


kamal thapaसिमरा, ११ साउन

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभा विघटन गरेर ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन्। सिमरा एयरपोर्टमा मंगलबार विहान स्थानिय संचारकर्मीसंग कुरा गर्दे थापाले यो संसदको औचित्य नभएको बताए। 'हुँदा-हुँदा यो संसद सरकार दिन पनि असक्षम भएको छ ', उनले भने, 'यसलाई विघटन गरेर ताजा जनादेशमा जानु बाहेकको अरु विकल्प छैन।'

जेठ १४ गते म्याद सिध्धीएको संविधान सभालाई तिन दलले तिन बुदे सहमतिको आधार तयार गरेर व्युताएपनि सहमती लागु हुन नसकेकाले यो विघटन हुनु पर्ने उनको जिकिर थियो। 'शान्तिप्रकृया टुंगोमा पुर्‍याउने, संविधान निर्माण गर्ने राष्ट्रिय सहमतीको निर्माण गर्ने सर्तमा संविधान सभाको म्याद थपिएका थियो,' उनले भने, 'यी तीनै कुराको विपरीत दलहरु हिडेकाले यसको औचित्य सकिएको छ।'

दुई पटक सरकार चुन्न असक्षम भएको संसदले १७ गतेको चुनावबाट पनि नयाँ सरकार दिने संभवाना क्षीण भएको उनले बताए। 'यो लाजमर्दौ स्थिति हो,' उनले बताए। दलहरुले 'कृतिम संझौता' गरेर परिस्थितिलाई केही लम्बाउन खोजेपनि त्यसले देशलाई भलो नगर्ने उनको तर्क थियो।

'संविधानले दिने अधिकारका कुरा उनीहरु नयाँ बन्ने सरकारसँग लिनका लागि 'वार्गेनिङ' गर्देछन् ', उनले भने, 'यो सत्तामा जाने चाल र राष्ट्रपतिको वेइमानी हो।'

यो विषयका प्रतिक्रियाहरु

sunny anjant:Jul 28, 2010 04:40:24 PM

मलाई यो कुरो मन पर्यो




प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु