Friday, 24 November 2017 12:24 am, Nepal

धुलिखेलका चोक–चोकमा फ्रि वाईफाई

मेचीकाली : 2017-09-14 08:25:17


काभ्रे, २९ भदौ :

धुलिखेल नगरपालिकाले पहिलो चरणमा धुलिखेलका विभिन्न चोकहरुमा पर्यटक केन्द्रित फ्रि वाईफाई सेवा शुरु गर्ने भएको छ । केहि वडा कार्यालयहरुमा शुरु गरिसएिको फ्रि वाईफाई सेवालाई धुलिखेल नगरपालिकाले ब्यस्त बजार तथा पर्यटकहरु जम्मा हुने स्थानमा शुरु गर्न लागिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई हरेक हिसावले नगरबासीमैत्री बनाउन सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी जस्ता क्षेत्रमा नगरपालिकाले लगानी शुरु गरिसकेको बताए ।

नगरपालिकाले ग्रिन, क्लिन, कलरफूल, साईक्लिङ्ग सिटी बनाउने उद्देश्यले कार्यक्रमहरु सुरु गरिसकेको छ । यी कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले धुलिखेलको भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय र धुलिखेल नगरपालिका परिसर, खेलमैदान र अड्डाबजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिंढी क्षेत्र देविस्थान मन्दिरसम्म, सरस्वती बजार क्षेत्र, सिन्धुली बर्दिवास चोक र नारायणस्थान मन्दिर वरपर फ्रि वाईफाई उपलब्ध हुनेछ । फ्रि वाईफाई एक पटकमा एक सय जनाले प्रयोग गर्न सक्ने, सामाग्रीको सुरक्षा र मर्मत सम्भार र रेखदेख सेवाप्रदायकले गर्ने गरी विश्वसनिय हिसावले उपलब्ध गराउन लागिएको नगर प्रमुख ब्याञ्जुले बताए । यसका लागि बोलपत्र समेत गरिसकिएको छ ।

नगरबासि तथा धुलिखेलमा आउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि सूचनाको पहुँच सहज ढंगबाट पु¥याउने उदेश्यले फ्रि वाईफाई ५० मिटर रेडियससम्मको कभर हुने गरी एक पटक लगिन गरेपछि एकघण्टा वा दुईघण्टामा पुन लगिन गर्ने ब्यवस्था मिलाईएको छ । पर्यटकहरुका लागि लक्षित गरी उक्त फ्रि वाईफाई राखिएकाले त्यसको दुरुपयोग रोक्न पनि नगरपालिकाले बोलपत्र आब्हानमै कम्पनीहरुलाई विभिन्न शर्तहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु