Friday, 24 November 2017 12:22 am, Nepal

सुरु भयो बनेपा महोत्सव

मेचीकाली : 2017-09-13 19:36:50


काभ्रे, २८ भदौ :

आगामी दशैंलाई लक्षित गर्दै आयोजना गरिएको बनेपा महोत्सव आजबाट बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको उद्घाटन कार्यक्रम आयोजक बनेपा व्वाइज क्लब बिबिसी बनेपाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

 महोत्वस उद्घाटनअघि बनेपा नगरपालिका प्राङ्गणबाट विभिन्न झाँकी सहितको ¥याली महोत्सवस्थल पुगेको थियो । ¥यालीमा नगर भित्रका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरु, विभिन्न खेल विद्याका खेलाडीहरु, उद्योगी, ब्यवसायीहरु, समाजसेवीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महोत्सव उद्घाटन कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले महोत्सवले स्थानीय उद्योगहरुको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बताए । मुलुकले राजनीतिक संक्रमणकाल पार गरेको बताउँदै अब आर्थिक सम्वृद्धको मुद्दालाई प्राथमिकता दिने मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, नेपाली कांग्रेसका सभापति मधु आचार्य, गोविन्दबहादुर थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल आईडलका प्रतिस्पर्धी प्रताप दासको प्रस्तुती समेत रहेको थियो । महोत्सवस्थलमा १ सय ४२ वटा स्टल राखिएका छन् । केराको विभिन्न प्रकारका परिकारहरु, हस्तकलाका सामाग्रीहरु, प्राकृतिक रुपमा औषधीका रुपमा प्रयोग हुने दशैको जमारा, खेलकुद महोत्सव र जिल्लाका ५ दर्जन भन्दा धेरै कलाकारहरुको सहभागिता रहने महोत्सव महत्वपूर्ण हुने महोत्सव संयोजक हरि कर्माचार्यले बताए । क्लवका अध्यक्ष महेश कर्माचार्यले बनेपाको ऐतिहासिकता चिनाउन र बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्दै दशै बजारमा सस्तो सामाग्री उपलब्ध गराउन महोत्सव आयोजना गरिएको जानकारी दिए । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र सम्वृद्धी बनेपाको पहिचान’ भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त महोत्वसको मुख्य उदेश्य उग्रेश्वर महादेवको प्रचार प्रसार तथा फुटबल खेलका अतिरिक्त कला, संस्कृति, कृषि घरेलु, उद्योग र ब्यापारीक प्रर्वद्धन गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु