Friday, 24 November 2017 12:28 am, Nepal

बनेपामा महिलाको सामूहिक बलात्कारपछि ज्यान गएको खुलासा

मेचीकाली : 2017-09-06 16:04:59


घटनामा संलग्न ६ जना पक्राउ
काभ्रे, २१ भदौ :

भदौ १३ गते बनेपा नगरपालिका–८ स्थित पुण्यमाता खोला किनारको मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको सामुहिक बलात्कारपछि हत्या भएको रहस्य खुलेको छ । बनेपा नगरपालिका– १० बस्ने ५७ वर्षिया नानु आले मगरको सामुहिक बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नानुमाथि जर्वजस्ती सामुहिक बलात्कार र कर्तव्य ज्यानमा संलन ६ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लुटार–३ बस्ने ३२ वर्षिय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका– ७ बस्ने ३० वर्षिय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगपालिकाका २७ वर्षिय ठुलोभाई भन्ने महेश परियार रहेका छन् । यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१४ बस्ने ३२ वर्षिय कुलबहादुर भन्ने सिताराम थापा, रामेछाप लखनपुर– १ बस्ने २४ वर्षिय प्रकाश परियार र काभ्रे नाग्रेगगर्चे ९ बस्ने सञ्जय भन्ने दिलबहादुर प्रधान पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु