Wednesday, 26 September 2018 03:11 pm, Nepal

माइक्रो बसको ठक्करबाट एकको मृत्यु

मेचीकाली : 2017-09-01 17:45:19


राजविराज, १६ भदौ :

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् । बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु