Tuesday, 26 September 2017 08:16 pm, Nepal

दुधको मुल्य बढ्यो

मेचीकाली : 2017-08-17 08:48:35


काठमाडौं, १ भदौ  :

दुग्ध विकास संस्थानले दूध र दुग्धपदार्थको मुल्य बढाएको छ । दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढेको संस्थानले जनाएको छ । बढेको मूल्यको चार रुपैयाँ १६ पैसा किसानले दूध बिक्री गर्दा पाउने बताईएको छ । संस्थानले तीन वर्षपछि दूधको मूल्य समायोजन गरेको हो ।

मुल्य बढेसँगै अब एक लिटर दूधको ४५ रुपैयाँ पाइरहेका किसानले ५१ रुपैयाँ पाउनेछन् । संस्थानले मूल्य बढाएसँगै अब उपभोक्ताले दुधको मुल्य प्रतिलिटर ७० रुपैयाँ तिनुपर्नेछ । घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ । घिउको मूल्य प्रतिकिलो आठ सय रुपैयाँ थियो । मिठाइको मूल्य १२ देखि १५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु