Friday, 24 November 2017 06:37 pm, Nepal

व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमा छलफल शुरु

मेचीकाली : 2017-08-17 08:47:38


काठमाडौं, १ भदौ :

  व्यवस्थापिका संसदमा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसदमा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा हिजो दफावार छलफल सुरु भएको हो । संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम सुरु भएको छ ।

अब भदौ ४ गते बस्ने बैठकमा पनि संशोधनकर्ताले धारणा राख्ने क्रम जारी रहनेछ । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । प्रतिपक्षी दल एमालेका सांसदका ३१ वटा संशोधन छन् । सत्तारुढ दल र असन्तुष्ट मधेसी दलको संयुक्त संशोधन पनि दर्ता भएको छ । सत्तारुढ दलका सांसदहरूको फरक फरक संशोधन पनि छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु