Friday, 24 November 2017 06:38 pm, Nepal

संसद बैठक बस्दै, संविधान संशोधन प्रस्ताव भने पेश नहुने

मेचीकाली : 2017-08-15 08:49:07


काठमाडौं, ३१ साउन :

सकारले आज संविधान संशोधन प्रस्ताव निर्णयार्थ संसद् नलैजाने भएको छ । मुलुकका विभिन्न जिल्लामा आएको बाढी पहिरोका कारण विपत् आइलागेको र सांसद्हरु राहत वितरणको लागी तराईका झरेकाले सरकारले आज भनेको संविधान संशोधन प्रस्ताव निर्णयार्थ संसद्मा नलैजाने भएको हो ।

संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपालको माग पुरा गर्ने सरकारले तयारी गरेको थियो । बाढी र डुवान क्षत्रेको अवस्था सामान्य भएपछि प्रस्ताव अगाडी बढाईने सरकारले जानकारी दिएको छ ।

व्यवस्थाथापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको संभावित कार्यसुचीमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक सम्बन्धी विधेयक पेश हुनेछ भने विभिन्न आयोगको विधेयकहरु प्नि पेश हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु