dashain
Wednesday, 17 October 2018 03:58 pm, Nepal

१ करोड ५ लाख बढि राजस्व सङ्कलन

मेचीकाली : 2010-07-25 10:02:32


बाजुरा, ९ साउन
गत वर्षको तुलनामा यस वर्ष जिल्लाको राजस्व सङ्कलनमा वृद्धि भएको छ । मदिरा बिक्री वितरण इजाजत खुल्ला गरेपछि जिल्लामा विगतका वर्षहरू भन्दा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ०६६/६७ सालको तथ्याङ्कअनुसार जिल्लाबाट १ करोड ५ लाख ७४ हजार ५ सय ७५ रुपैयाँ ३१ पैसा राजस्व सङ्कलन भएको छ ।

यो रकम विगतका वर्षहरु भन्दा बढी रकम सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका सहलेखापाल कपुरराज गिरीले बताए । कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका अनुसार उत्पादनतर्फ ३ सय ८९ रुपैयाँ ५० पैसा, ठेक्का तथा परामर्शतर्फ ४ लाख ६९ हजार ५ सय ४६ रुपैयाँ, अग्रिम आय करतर्फ २२ लाख ५ हजार ८ सय ५६ रुपैयाँ ४२ पैसा, मदिरा बिक्री वितरण इजाजततर्फ १ लाख ३४ हजार रुपैयाँ, पारिश्रमिक करतर्फ ७० लाख ७७ हजार ४सय ६५ रुपैयाँ ९८ पैसा र घर बहालतर्फ ६ लाख ६३ हजार ९ सय १५ रुपैयाँ ४१ पैसा राजस्व सङ्कलन भएको हो ।

बाजुरामा यो वर्ष मात्र करोडको रुपमा गणना हुनेगरी राजस्व सङ्कलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु