Friday, 24 November 2017 12:22 am, Nepal

पहिरोका कारण फेरी कर्णाली राजमार्ग अवरोध, यात्रुहरु अलपत्र

मेचीकाली : 2017-07-29 08:44:26


कालीकोट, १४ साउन :

अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको र दैलेखको सिमा क्षेत्रमा पहिरो जाँदा फेरी कर्णाली राजमार्ग अवरोध भएको छ । केही दिन अघि मात्रै कर्णाली राजमार्गको कालीकोट दैलेखको सोही ठाँउमा करिब एकसय २० जति सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको  थियो ।

पहिरो स्काईभेटर र स्थानिय वासिको सहयोगमा करिव ४ दिनपछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको २ दिन नहुँदै फेरी पनि पहिलेकै ठाँउमा पहिरो जाँदा कणलीराजमार्ग अवरोध भएको छ । कर्णाली राजमार्ग वेला वेला अवरोध हुँदा आप्mनो गन्तव्य तिर गईरहेका यात्रुहरु बीच बटोमा नै अलपत्र पर्ने गरेका  छन् ।

पहिलेकै स्थानमा हिजो रातिको अविरल वर्षाले करिब १० मिटर जति पहिरो जादाँ सवारी साधनको आवागमन ठप्प भएको छ । स्काभेटरले काम गरेमा आज दिउँसोसम्म बाटो सञ्चालनमा आउने हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कर्मवीर चौधरीले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु