Friday, 23 February 2018 10:14 am, Nepal

अब पर्वतमा पनि बञ्जीजम्प

मेचीकाली : 2010-07-24 13:20:26


Bungy jumping

पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै मुलुककै अग्लो झोलुङ्गे पुलमा बञ्जीजम्प निर्माणको तयारी सुरु गरिएको छ । सदरमुकाम कुश्माबजार र छिमेकी गाविस कटुवाचौपारी जोड्ने गरी मोदीखोलामा निर्माण गरिएको उक्त पुलमा बञ्जीजम्पको सम्भाव्यता अध्ययन गरी तयारी सुरु गरिएको हो । एकसय ३५ मिटर अग्लो र ३४४ मिटर लामो पुलमा बञ्जीजम्प सञ्चालनका लागि जिल्ला परिषद्बाट पारित गरिएपछि निर्माणका लागि तयारी थालिएको हो । चार महिनाअघि पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराई र भोटेकोशी बञ्जीजम्पका लागानीकर्ता विष्णु न्यौपानेसहितको टोलीले स्थलगत अध्ययन गरी पुलमा बञ्जीजम्प सञ्चालन गर्न उपयुक्त रहेको ठहर गरेका थिए ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ बञ्जीजम्प निर्माणको तयारीमा लागिपरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए । जिल्ला विकास समितिको सहयोगमा बञ्जीजम्प निर्माणबारे स्थानीय राजनीतिक दलसँग छलफल गरी साउनभित्र उद्योगी, व्यवसायी, सञ्चारकर्मी, पुल निर्माण समितिका सदस्यहरु र जिल्ला विकास समितिका प्रतिनिधिसहितको टोली सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित बञ्जीजम्पको अबलोकनका लागि जाने तयारी भइरहेको अध्यक्ष पौडेलले बताए ।

बञ्जीजम्प सञ्चालनमा आएपछि जिल्लाको पर्यटन विकासमा ठूलो योगदान पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

यो विषयका प्रतिक्रियाहरु

Ram chandra tiwari:Aug 13, 2010 11:24:51 AM

parbat district aaja samma dherai turist haru bhitrauna ka lagi ramaniya sthal haruko district thiyo. now slowly development hudai gayako 6. if kunai sosak samanti le bigarna khojena bhane parbat district nepal ko namuna district hune6, ata hami yuba haruko pahalta jaruri 6 pulko nimti jasari junai halatma pani banjijump ko start garnu par6.

kumar mahat:Jul 25, 2010 09:44:32 PM

नेपाल पर्यटन वर्ष २०११ को तयारी पूर्ण न भए पनि, केहि येस्ता तयारीले भने रोचक बनाउने नै छ .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु