dashain
Tuesday, 16 October 2018 10:35 pm, Nepal

अमरगढी नगरपालिकामा एमाले विजयी

मेचीकाली : 2017-06-30 15:52:55


डडेल्धुरा, १६ असार :

अमरगढी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) तीन हजार ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पार्वती झुकालले तीन हजार २०८ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी ओझा डडेल्धुरा क्याम्पसका पूर्व स्ववियु उपसभापति तथा उपप्रमुखमा विजयी भण्डारी नेपाल पत्रकार महासङ्घ, डडेल्धुरा शाखाकी सदस्य हुनुहुन्थ्यो ।

मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार उक्त नगरपालिकाको ११ वडा मध्ये ६ वटामा जित हासिल गरेको छ । पाँचवटामा काँगे्रस विजयी भएको छ । एमाले अमरगढी– ४, ५, ७, ९, १० र ११ मा तथा काँग्रेस १, २, ३, ६ र ८ मा विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु