Sunday, 18 November 2018 06:14 pm, Nepal

क्षतिपूर्ति पाएपछि जुम्लाका स्याउ कृषक खुसीले दङ्ग

मेचीकाली : 2017-06-25 15:53:26


जुम्ला, ११ असार : मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग छन् ।शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो ।
कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन् ।
मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पु¥याएकाले बिमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको सो कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताउनुभयो ।हामीले १० वटा स्याउका बोट बराबर रु दुई हजार ९२१ उपलब्ध गराएका छौँं, जसमा अधिकतम् रु १४ हजार ६०५ र न्यूनतम रु दुई हजार ९२१ क्षतिपूर्ति उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बिमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बिमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको उहाँको भनाइ छ ।

सक्षम कार्यक्रमका जिल्ला संयोजक सुजीत श्रेष्ठले मौसम सूचकाङ्का आधारमा नेपालमै पहिलो पटक जुम्लामा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गरिएको बताउनुभयो । जुम्लाका आठवटै स्थानीय तहमा मापन केन्द्र स्थापनागरी स्याउ बिमा कार्यक्रमलाई अघि बढाउने उहाँले बताउनुभयो ।

कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान दङ्ग भए । “बिमा गर्नुपर्छ भन्दा एक बोट बराबर रु ४० तिर्न हामी निकै तर्सिएका थियौं, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,” स्थानीय कृषक जगप्रसाद जैसीले भन्नुभयो । कृषक हरिशोभा अधिकारी र तिलारुपा पाण्डेले सुरुमा बिमा गर्न मन नलागेपनि अहिले रहर जागेर आएको बताउनुभयो ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन’ परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बोटको उत्पादनका आधारमा राहत तोक्नुपर्नेमा जोड दिनुभयो जोखिमीको सुक्ष्म अध्ययनगरी स्याउको व्यवसायीकरण र उद्योग व्यवसायलाई सँगसँगै लिनसके जुम्ला मात्र नभई आसपासका जाजरकोट, कालिकोट मुगु पनि सुपरजोन हुनसक्ने उहाँको तर्क थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु