Sunday, 18 November 2018 06:16 pm, Nepal

रोल्पाको थवाङमा चुनावी अभियान तीव्र

मेचीकाली : 2017-06-22 14:27:03


रोल्पा, ८ असार :

हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ । यस पूर्व भएका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली काँग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ भन्ने धेरैको जिज्ञासालाई अन्तिममा आएर काँग्रेससँग तालमेल गरी जवाफ दिएको छ ।

सो गाउँपालिकामा नेपाली काँग्रेस र स्वतन्त्रको रुपमा नेकपाका साझा उम्मेदवार अमित घर्तिमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका श्रीकुमारी रोका प्रतिस्पर्धामा उत्रिएकी छिन् ।

सो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले वीरबहादुर घर्तीलाई अध्यक्ष र रामकिरणी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा तीव्रताका साथ लागेको बताइन्छ । रासस

––––––

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु